एनआईसी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न आग्रह गरेको छ। बैंकले करसम्बन्धी विवरण आन्तरिक राजश्व विभागको प्रणालीसँग आबद्ध गर्न प्यान अनिवार्य भएको जनाएको छ। बैंकका अनुसार खाताबाट कट्टी गरिएको ब्याजकर “आयकर ऐन, २०५८” बमोजिम आन्तरिक राजश्व विभागको स्थायी लेखा नम्बर प्रणालीमा प्रविष्ट गर्नुपर्ने व्यवस्था रहेको […]