काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज देशभर विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाएका छन् । आज काठमाडौंको टुँडिखेलमा आयोजित विशेष सांस्कृतिक कार्यक्रममा मगर समुदायले आपसमा शुभकामना आदान प्रदान गरे । नेपाल मगर सङ्घ केन्द्रीय कार्यसमितिले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा मगर जातिको मौलिक संस्कृति झल्किने नाच, वेशभूषा, खानपान तथा परम्परागत खेलहरू प्रदर्शन गरिएको थियो […]