रौतहट। बारामा धान झार्ने कम्बाइन मेसिनको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मधेस प्रदेश ०३–००१ त ८३२० नम्बरको कम्बाइन मेसिनले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। महागढीमाई नगरपालिकास्थित इनर्वा चोक नजिकैको भुतही पुलमा सोमबार राति दुर्घटना भएको हो। ठक्करबाट रौतहटको मौलापुर नगरपालिका–३ गम्हरिया निवासी अन्दाजी २२ वर्षीय रुपेश साह सोनारको […]