राजदरबारभित्रको पहिलो चोरी

चैत २००७ को अन्तिम साता युवराज महेन्द्र छोराछोरीसहित भारत, दार्जिलिङको भ्रमणमा निस्किएका थिए। घुमघामसँगै उनको उद्देश्य थियो, छोराछोरीलाई दार्जिलिङको स्कुलमा भर्ना गराउने। महेन्द्र देशबाहिर भएको बेला नेपालमा भने उनको कोठामा चोर पस्यो। सुनलगायत बहुमूल्य वस्तु र नगद चोरी भयो। नेपालको इतिहासमा राजदरबारमा भएको यस्तो पहिलो घटना थियो, जसको रिपोर्ट प्रहरीमा दर्ता भयो। कोलकाता हुँदै दार्जिलिङ […]