‘प्रहरी इन्सेक्टर हुँ’ भन्दै २ लाख रुपैयाँ असुल्न खोज्ने पाँच जना पक्राउ

काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) भएको भन्दै एक व्यक्तिसँग दुई लाख रुपैयाँ मागेको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाबाट पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुंगाको मोलुङ गाउँपालिका–२ का ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापको लिखु गाउँपालिका–१ का २९ वर्षीय इन्द्रबहादुर भुजेल, पाल्पाको तानसेन नगरपालिका–६ का ३३ वर्षीय धिरज रानाभाट, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ का २५ वर्षीय खेलबहादुर […]