तिहारपछि खुलेको सेयर बजार ६.४८ अङ्कले घट्यो

काठमाडौँ । तिहार बिदापछि एक सातापछि खुलेको सेयर बजारमा सामान्य गिरावट आएको छ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.४८ अङ्कले घटेर २ हजार ६४८.७४ विन्दुमा बन्द भएको हो । आज कारोबारमा आएका ३३५ स्क्रिप्टमध्ये १६० कम्पनीको सेयर मूल्य घटेको छ भने १०९ कम्पनीको बढेको छ । १० कम्पनीको मूल्य स्थिर रहेको छ । […]