बाहिरबाट हेर्दा फलफूलको सामान्य कार्टुन जस्तो देखिने ‘स्याउको बाकस’ भित्र करोडौँ रुपैयाँ नगद भेटिएको घटना र सर्वोच्च अदालतको फैसलालाई नै प्रभावित पार्ने खेलमा बिचौलिया इनाम सापकोटाको पक्राउले नेपाली न्यायपालिकाभित्रको भित्री तसवीरलाई फेरि एकपटक उदाङ्गो पारेको छ । सापकोटालाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै दायर बन्दीप्रत्यक्षीकरणको रिट निवेदनलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि सुरक्षा निकाय र सम्पत्ति […]