ग्यासको विषयमा छलफल गर्छौं, जनतालाई जति आवश्यकता छ, त्यति दिनैपर्छः नवनियुक्त मन्त्री साह

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले जनताको आवश्यकता अनुसार पर्याप्त ग्यास उपलब्ध गराउनुपर्ने बताएका छन्। बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री साहले ग्यास अभावको विषयमा छलफल गरेर समस्या समाधान गर्ने बताए। ‘ग्यासको विषयमा छलफल गर्छौं । जनतालाई जति आवश्यकता छ, त्यति दिनैपर्छ,’ उनले भने। मन्त्री साहले मन्त्रालयमा विगतमा भएका कामका विषयमा बुझेर मात्रै […]