बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा ‘सिम्पोजियम कम टक शो’को नवौँ संस्करण सम्पन्न

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको संस्था ‘परिक्रमा विद्यार्थी परिवार’को आयोजनामा ‘सिम्पोजियम कम टक शो’को नवौँ संस्करण सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रम चिकित्सा शास्त्रलाई मानविकीका विविध आयामसँग जोड्ने उद्देश्यसहित आयोजना गरिएको थियो।