विश्वप्रकाशको दाबी : विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आउँछ, कांग्रेस फुट्दैन

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टीलाई विभाजन होइन, एकताबद्ध गर्दै नयाँ नेतृत्वतर्फ लैजाने स्पष्ट पारेका छन् । विशेष महाधिवेशनका कारण कांग्रेस फुट्ने आशंका निराधार भएको उनको भनाइ छ । पुस २६ गतेदेखि हुने गरी गत मंसिर १५ गते तय गरिएको १५औँ महाधिवेशन निर्धारित समयमा हुन नसक्ने भएपछि कांग्रेसभित्र विवाद चुलिएको छ । […]