विद्यार्थीको २६ लाख ठग्ने युरो एसिया कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौँ। युरो एसिया एजुकेसन कन्सल्टेन्सी लैनचौरका सञ्चालक सूर्यबहादुर डाँगी पक्राउ परेका छन्। उच्च शिक्षा अध्ययन सिलसिलामा विद्यार्थीलाई अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायतलगायत देशमा पठाउने भन्दै ठगी गरेको आरोपमा डाँगीलाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतका अनुसार उदयपुर घर भई काठमाडौँको पुरानो बानेश्वर बस्ने डाँगीलाई सोमबार उनकै […]