टिकटकर तुल्सा अधिकारी पक्राउ परेकी छिन् । उनी शनिबार थाइल्यान्डबाट पक्राउ परेकी हुन् । उनलाई राति नै काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । अहिले उनी ललितपुर प्रहरीको हिरासतमा रहेकी छिन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), सुनवल नगरपालिका–६ स्थायी ठेगाना भएकी अधिकारीलाई ठगी तथा आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । […]