एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारविरुद्ध विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि प्रमुख विपक्षी दल ‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’ले आठ महिनामै आफूलाई विघटन गर्ने घोषणा गरेको छ । दलका प्रमुख जुन्या ओगावाले बुधबार पत्रकार सम्मेलनमार्फत राजनीतिक गतिविधि बन्द गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार बाँकी आर्थिक दायित्व चुक्ता गरेपछि दल औपचारिक रूपमा विघटन हुनेछ । ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) विरुद्ध बलियो र एकीकृत राजनीतिक विकल्प निर्माण गर्ने उद्देश्यले गत जनवरीमा सेन्ट्रिस्ट रिफर्म एलायन्स गठन गरिएको थियो […]