इटहरी– इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवनमा बुधबार बिहानदेखि आगो लागेको छ । सेन्टर प्लाजा नामले परिचित उक्त भवनमा एक्कासि आगो लागेपछि भवनभित्र रहेका मानिसलाई बाहिर निकाल्दै आगो निभाउने काम भइरहेको छ । भवनको बीच भागमा आगो लागेकाले माथिल्लो तलाबाट उद्धार कार्य भइरहेको छ । भवनभित्र फसेका मानिसहरू उद्धारको पर्खाइमा रहेको प्रहरीले जनाएको […]