काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच सोमबार करिब ७ घण्टा लामो वार्ता भयो । यस वार्ताले एउटा समझदारी कायम गरे पनि सहकार्यको कुनै निर्णय नगरेको रास्वपा उपसभापति डीपी अर्यालले बताए । बालेनका एकजना सहयोगी पनि सकरात्मक रुपमा कुराकानी भएको बताउँछन् । तर पदको विषयमा बाहिर आएका हल्ला […]