काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना र नगदसमेत गरी करिब १९ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।