भन्सारका २७२ कर्मचारीको सरुवा रद्द, महानिर्देशक भुसाललाई नैतिक संकट

काठमाडौँ । सरुवा प्रक्रिया पारदर्शी र न्यायोचित नभएको भन्दै उजुरी परेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निर्देशनमा भन्सार विभागले २७२ कर्मचारीको सरुवा रद्द गरेको छ। विभागले २० कात्तिकमा ६९ शाखा अधिकृत र २०३ नायब सुब्बालाई मातहतका विभिन्न कार्यालयमा सरुवा गरेको थियो। अर्थमन्त्रीको निर्देशनपछि निमित्त अर्थसचिव डा. सुमन दाहालले निर्णय रद्द गर्न विभागलाई लिखित पत्राचार गरेका थिए। […]