बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो गएर बूढीगण्डकी नदी थुनिँदा आएको लेदोसहितको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार सार्वजनिक गरेको प्रेस नोटअनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत ४७ जनाको उद्धार गरिएको छ। बाढीका कारण चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुड निवासी भेडिगोठमा रहेका […]