डा. पिताम्बर अर्याललाई समाजशास्त्रमा विद्यावारिधि

काठमाडौं । श्री पिताम्बर अर्यालले भारतको राजस्थान, नवईस्थित डा. के.एन. मोदी विश्वविद्यालयबाट “विपद्को सामाजिक–आर्थिक प्रभाव (विपद्को समाजशास्त्र)” विषयमा विद्यावारिधि (PhD) उपाधि हासिल गर्नुभएको छ। डा. अर्यालले युरोपबाट जनस्वास्थ्य, भारतबाट समाजशास्त्र र नेपालबाट स्वास्थ्य शिक्षा विषयमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ। उहाँसँग जनस्वास्थ्य, विपद् जोखिम न्यूनीकरण, आपत्कालीन व्यवस्थापन तथा संकट प्रतिकार्यका क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभव […]