गोठ–बासमा बढ्दो आकर्षण: फालोटमा चौँरी पर्यटनले ल्यायो आर्थिक उछाल

पाँचथरको फालेलुङ गाउँपालिकाअन्तर्गत चारराते–फालोट क्षेत्रमा सञ्चालन हुँदै आएको चौँरी पर्यटन महोत्सवले स्थानीय अर्थतन्त्रमा उल्लेखनीय परिवर्तन ल्याएको छ। समुद्री सतहबाट करिब ३,५०० मिटर उचाइमा आयोजित यो महोत्सव विगत नौ वर्षदेखि निरन्तर सञ्चालनमा रहँदै आएको छ, जसले चौँरीपालन व्यवसायलाई नयाँ उचाइमा पु¥याएको छ। महोत्सवको प्रभावले परम्परागत चौँरी गोठहरू अहिले ‘गोठ–बास’ अर्थात् पर्यटक आवासमा रूपान्तरण भएका छन्। स्थानीय […]