भारतको अवरोधपछि इलामका सबै चिया उद्योग बन्द, झापामा पनि बन्दको तयारी

नेपाली चियाको निर्यातमा भारतले अवरोध गरेपछि इलामका सबै ५६ वटा चिया उद्योग सोमबारदेखि बन्द भएका छन्। भारतीय पक्षले गुणस्तर परीक्षणका नाममा नेपाली चियाको निकासी रोकेपछि उत्पादित चियाले बजार नपाउने र उद्योगमै कुहिने अवस्था सिर्जना भएकाले उद्योगीहरूले उद्योग बन्द गर्ने निर्णय गरेका हुन्। नेपाल चिया उत्पादक संघ का अध्यक्ष आदित्य पराजुली का अनुसार इलामका सम्पूर्ण उद्योग […]