सांस्कृतिक विविधताबीचको एकताले  राष्ट्रियतालाई सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं सांस्कृतिक विविधताबीचको एकताले नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताएका छन् । इस्लाम धर्मावलम्बीको महान् चाड ईद (ईद–उल–फित्र) पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले ईद (ईद उल फित्र) पर्वले मुस्लिम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वर्द्धन र विकास गर्न टेवा पुग्ने विश्वास पनि व्यक्त गरेका छन् […]