सेवा प्रवाह गर्न कोशी प्रदेश सरकारबाट सहयोग

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको दुहबी नगरपालिकालाई १८ लाख रुपैयाँ बराबरका कार्यालय सामग्री सहयोग गरेको छ ।  प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार एक कार्यक्रम आयोजना गरी ११ प्रकारका सामग्री नगरप्रमुख वेदनारायण गच्छदारलाई हस्तान्तरण गरे ।  गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा कार्यालयमा तोडफोड भएको थियो । कार्यालय सञ्चालनका लागि सामग्री हस्तान्तरण गरिएको […]