काठमाडौं– कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने भएको छ । बुधबार काठमाडौंमा बसेको बैंकको सञ्चालक समितिको बैठकले ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यस्तै, बैठकले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने […]