बाढीपहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी । गत महिनाको बाढीपहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै स्थानमा विद्युत् आपूर्ति पूर्ववत् भएको छ ।  नेपाल विद्युत् प्राधिकरणको बेनी र तातोपानी वितरण केन्द्रले बाढीपहिरोले क्षति पुगेका प्रसारण, शाखा लाइन लगायतका संरचना मर्मत गरेर विद्युत् आपूर्ति सूचारु गरेका हुन् । प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा शनिबार […]