बढ्दो महँगी र जीवनयापन खर्चको विरोधमा फ्रान्समा भएका प्रदर्शनका क्रममा हिंसा भड्किँदा एक हजार ८०० भन्दा बढी व्यक्ति पक्राउ परेका छन्। गृहमन्त्री लरेन्ट नुनेजले आइतबार सामाजिक सञ्जाल एक्समार्फत पक्राउ र घटनाको अनुसन्धानबारे जानकारी दिएका हुन्। शनिबार पेरिस, मार्से, लियोन, बोर्डोलगायत सहरमा भएका प्रदर्शनका क्रममा प्रहरीसँग झडप, सार्वजनिक भवनमा आगजनी, तोडफोड र पसलमा लुटपाट भएको थियो। […]