पोखरा आइपुग्यो फ्लाइ दुबईको विमान, आजै यात्रु लिएर फर्कने

काठमाडौं– फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गरेको छ। पोखरा विमानस्थलमा अवतरण गरेको विमानलाई पानीको फोहोरा दिएर स्वागत गरिएको थियो । विमानले आजै पोखराबाट यात्रु लिएर दुबई फर्कनेछ । तस्बिर : अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी