प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिइएको जानकारी गराए। उनले न्युजील्याण्डका नागरिकसहित बेपत्ता विदेशी नागरिकको खोजीलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको बताए। प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले बाढी प्रभावित नेपाललाई न्युजील्याण्डले उपलब्ध गराएको २० लाख न्युजील्याण्ड डलर […]