उपत्यकाको रात्रि यातायात विस्तार, असोज ३ गतेदेखि चक्रपथसहित ६ रुटमा चल्नेछन् २८ बस

काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार हुने भएको छ। आगामी असोज ३ गते संविधान दिवसदेखि विस्तारित ६ रुटमा २८ वटा रात्रिकालीन बस सञ्चालन गर्ने निर्णय भएको काठमाडौं महानगरपालिकाले जनाएको छ। कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा सेवा सञ्चालन हुने स्थानीय तह र साझेदार निकायका प्रतिनिधिबीच बसेको बैठकले रात्रि बस सेवा विस्तार गर्ने निर्णय गरेको हो। […]