काठमाडौँ । बल्खु-दक्षिणकाली हुँदै हेटौँडा जाने भाडाका तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन बिहान ५ बजेदेखि मात्रै बल्खुबाट छुट्न पाउने भएका छन् । ती सवारीसाधन बेलुका ८ बजेसम्म फर्पिङस्थित प्रहरी जाँच चौकीमा पुगिसक्नुपर्नेछ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले विज्ञप्तिमार्फत जिल्ला सुरक्षा समितिले उक्त मार्गमा यात्रुवाहक सवारी सञ्चालनको समय तोकेको जानकारी दिएका हुन् । समितिले सवारीसाधनको […]