काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला’ विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण गरिएको जानकारी दिए । उनका अनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरिएको हो ।