सुदूरपश्चिम रोयल्सको लक्ष्य उपाधि जित्ने छः प्रशिक्षक टमाटा

काठमाडौँ। अपराजित रहँदै छैटौँ जीतसहित सुदूरपश्चिम रोयल्सले राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायरमा प्रवेश गरेको छ। आज भएको खेलमा चितवन राइनोजलाई ४९ रनले हराउँदै सुदूरपश्चिमले १२ अङ्क जोड्दै एक खेल अगावै क्वालिफायरमा स्थान सुरक्षित गरेको हो। साविक उपविजेता सुदूरपश्चिमको लक्ष्य उपाधि जित्ने रहेको उक्त टोलीका प्रशिक्षक जगत टमटाले बताए । […]