एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा

काठमाडौं – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगअन्तर्गत शनिबार भएको खेलमा सातदोबाटो युथ क्लब र नवजनजागृति क्लब १–१ गोलको बराबरीमा रोकिएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतिस्पर्धात्मक खेलमा नवजनजागृतिले पहिले अग्रता लिएको थियो। खेलको २६औं मिनेटमा विक्रम थोकरले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुमै सातदोबाटोले खेलमा फर्कने अवसर पायो। खेलको ४८औं […]