विघटित प्रतिनिधिसभा पुनःस्थापनामा जोड दिँदै आएको नेकपा (एमाले)ले आसन्न निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको नाम संकलन गर्न सुरु गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि महासचिव शंकर पोखरेलले प्रदेश तथा जिल्ला कमिटीहरूलाई समानुपातिकका सम्भावित उम्मेदवारको नामावली पठाउन निर्देशन दिएका छन्। एमाले संस्थापन इतर समूहले भने पार्टी सचिवालय बैठकबेगर नै समानुपातिकको नाम संकलन गरिनु अनुचित मात्र नभई […]