काठमाडौँ। नवगठित नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ। नेता राजेन्द्र पाण्डेसहितको टोली २१ फागुनमा हुने निर्वाचनका लागि निर्वाचन आयोग पुगेर दल दर्ता गराएको हो। तत्कालीन नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दल मिलेर १९ कात्तिकमा नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो। जसको चुनावचिह्न ‘पाँचकुने तारा’ राखिएको छ। पार्टीको संयोजकमा पुष्पकमल दाहाल […]