आठ वर्ष जतिअघि कामका सिलसिलामा यात्रा गर्दा एउटा होमस्टे पुगियो। साथमा आलोपालो गाडी चलाउने गरी आएका भाइ उमेरका साथी। काम गर्दागर्दै साँझ पर्यो। नजिकै होमस्टे देखियो। भोलि पनि त्यही आउनु थियो। पहिलोपल्ट होमस्टेको स्वाद चाखौँ न भन्ने लाग्यो। कोठाभाडा सस्तो र सफा पनि। शौचालय र नुहाउने ठाउँ पनि सफा र फराकिला। पुगिहाल्यो। बसियो। घाम अस्ताएको […]