६५ वर्ष पुगेपछि पूर्वउपप्रधानमन्त्री रायमाझी जेलमुक्त

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार रिहा भएका छन् । ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने २५ प्रतिशत कैद छुट सुविधाअनुसार उनी डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् । काठमाडौं जिल्ला अदालतको पत्राचारपछि कारागार प्रशासनले उनलाई रिहा गरेको हो । रायमाझीलाई यस प्रकरणमा अदालतले चार वर्ष कैद […]