पाल्पामा पहिरोले घर पुरिँदा एकको मृत्यु, तीन जना बेपत्ता

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार आइतबार बिहान करिब साढे २ बजे घरमाथिबाट पहिरो खसेपछि शेरबहादुर पहिरोमा परी गम्भीर घाइते भएका थिए ।