राष्ट्रिय बहिरा महासंघ नेपालले अपांगता भएका व्यक्तिहरूको यौन तथा प्रजनन् स्वास्थ्य अधिकारमा पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित सरोकारवालासँग समन्वय बैठक सम्पन्न गरेको छ । बहिरा समुदायको अधिकारका लागि स्थापित छाता संस्थाका रूपमा रहेको महासंघले सांकेतिक भाषाको विकास, अनुसन्धान, संकलन, प्रकाशन तथा प्रसार गर्दै आएको छ । साथै सरकारी निकायसँग समन्वय गरी दोभाषे सेवा विस्तार र सांकेतिक […]