निर्धारित समयभन्दा अघि सर्रे खोलाको पुल सम्पन्न हुने

सिरहा- सिरहा जिल्लाको लहान नगरपालिका-२४ स्थित गोविन्दपुर र झुट्की गाउँलाई जोड्ने सर्रे खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । आगामी असोजसम्मको समयसीमा रहे पनि निर्माण कम्पनीले मनसुन अगावै पुल सञ्चालनमा ल्याउने गरी कामलाई तीव्रता दिएको हो । कुल १७० मिटर लम्बाइको यो पुलमा तीनवटा स्पान रहेका छन्, जसमध्ये दुई वटाको काम पूरा भइसकेका छन् […]