अस्पताल सेवा सुधार कार्यविधि: रुखो बोल्ने कर्मचारीले कक्षा लिनुपर्नेदेखि डिजिटल प्रणालीसम्म

सरकारी अस्पतालहरूको सेवालाई जनमैत्री, पहुँचयोग्य र चुस्त बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले 'अस्पताल सेवा सुधार कार्यविधि, २०८२' जारी गरेको छ। मन्त्रिपरिषद्‌बाट स्वीकृत शासकीय सुधारका कार्यसूचीहरूलाई कार्यान्वयन गर्न ल्याइएको यस कार्यविधिले अस्पतालको भौतिक अवस्थादेखि कर्मचारीको व्यवहारसम्म सुधार गर्ने लक्ष्य राखेको छ।