काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन गरी बचतकर्ताको रकम फिर्ता नगरेपछि बनेपा नगरपालिका–७ स्थित पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । एक सय तीन बचतकर्ताद्वारा सहकारीका १७ सञ्चालकलगायत सम्बद्ध विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काभ्रेपलाञ्चोकमार्फत जिल्ला अदालत धुलिखेलमा सहकारी ठगी अभियोगमा मुद्दा दर्ता गरिएको हो […]