वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम

तेह्रथुम– म्याङलुङ नगरपालिकाले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका युवालाई पाँचदिने उद्यमशीलता तालिम प्रदान गरेको छ ।  यही जेठ २६ देखि ३० गतेसम्म सञ्चालन भएको तालिममा नगरपालिकाभित्रका २५ जना वैदेशिक रोजगारीबाट फर्किएका युवाको सहभागिता रहेको म्याङलुङ नगरपालिकाका रोजगार संयोजक अनिल नेपालले जानकारी दिए ।  उनका अनुसार तालिममा उद्यम सञ्चालन गर्ने तरिका, लगानी व्यवस्थापन, वित्तीय […]