‘जेन-जीको मागअनुसार कांग्रेस परिवर्तित भएर जनतामाझ आएको छ’

महोत्तरी। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन-जीको मागअनुसार कांग्रेस परिवर्तित भएर जनतामाझ आएको बताएका छन्। कांग्रेस महोत्तरीले जिल्लाको निर्वाचन क्षेत्र ३ ले जलेश्वरमा आज (बुधबार) आयोजना गरेको चुनावी कोणसभामा उनले परिवर्तनका लागि जेन-जीले गरेको आन्दोलनको भावनाअनुसार सबैभन्दा पहिले आफ्नो पार्टीमा परिवर्तन आएको दाबी गरे। उपसभापति शर्माले जेन-जीकै मागअनुसारै लामो समय पार्टीभित्र पुस्तान्तरणको आवाज उठाउँदै आएका […]