चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो टोली सशक्त रहेकाले उपाधि जित्ने विश्वास व्यक्त गरे । प्लानिङ ब्वाइजका प्रशिक्षक सन्दित सिंहले बुढासुब्बा गोल्डकपमा पहिलो पटक सहभागिता जनाए पनि ऐतिहासिक जित हासिल गर्ने लक्ष्यका साथ टोली फाइनलमा उत्रिने बताए ।