भरतपुर अस्पतालमा बिरामीको चाप

चितवन– गर्मी महिनामा बिरामी धान्न मुस्किल हुने भरतपुर अस्पतालमा जाडो महिनामा बिरामीको सङ्ख्या हालसम्मको उच्च पुगेको छ । अस्पतालको तथ्यांकअनुसार पुस २८ गते एकै दिन तीन हजार ११९ बिरामीले बहिरङ्ग सेवा लिएका हुन् । अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम इन्चार्ज लिलाधर पौडेलका अनुसार ती बिरामीमध्ये दुई हजार ४७७ स्वास्थ्य बीमाका हुन् भने ६४२ नगदमा सेवा लिने हुन् […]