२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो?

बाटोमा दलका घरदैलोहरू भेटिन्थे, तिनलाई नियाल्यौं। डिलमा आमसभाहरू हेर्‍यौं। उम्मेदवारसँग भेटघाट गर्‍यौं र कुरा बुझ्यौं।  हामी हिँडिरहँदा, दिनदिनै राजनीतिक वातावरण यसरी फेरिँदै थियो, जस्तो मौसम फेरिन्छ। अथवा गर्मी चढ्छ बिस्तारै बिस्तारै।