जेन–जी विद्रोहपछि पनि विघटित संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पद त्याग्न अस्वीकार गरेपछि देउवाइतर परिवर्तनका पक्षधरहरू विकल्पहरूबारे छलफलमा जुटेका छन्। कांग्रेस विधानअनुसार भने देउवा दुई तरिकाले पदबाट हट्न सक्छन्। पहिलो, देउवाले राजीनामा दिएर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिने र ६ महिनाभित्र महाधिवेशन गर्ने । दोस्रो, ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षरमा विशेष […]