दक्षिणी फिलिपिन्समा ३५० भन्दा बढी यात्रु सवार एउटा फेरी (ढुवानी डुङ्गा) दुर्घटनाग्रस्त भएको छ। अधिकारीहरूका अनुसार उद्धारकर्ताहरूले हालसम्म कम्तीमा २१५ जनाको जीवितै उद्धार गरेका छन् भने सात जनाको शव फेला परेको छ। जाम्बोआङ्गा बन्दरगाहबाट सुलु प्रान्तको दक्षिणी जोलो टापुतर्फ जाँदै गरेको उक्त ‘अन्तर–द्वीपीय’ मालवाहक तथा यात्रुवाहक फेरी बाटोमै डुबेको हो। फिलिपिन्स कोस्ट गार्डका अनुसार प्राविधिक […]