अमेरिकाको न्यूयोर्कमा फुटबल खेलाडी क्रिस बोइडमाथि गोली प्रहार भएको छ। न्यूयोर्क जेट्सका यी खेलाडी गोली लागेर गम्भीर घाइते भएका छन्। अमेरिकी फुटबल टीम न्यूयोर्क जेट्सका कर्नरब्याक क्रिस बोइडलाई पेटमा गोली लागेको छ। २९ वर्षका बोइड अस्पतालमा गम्भीर अवस्थामा उपचाररत छन्। न्यूयोर्क प्रहरीले गोली लागेर अस्पताल भर्ना गरिएका व्यक्तिको परिचय सार्वजनिक गरेको छैन। तर, प्रहरीले नाम […]